भारतमा एकैदिन ६४ हजारभन्दा धेरैमा काेराेना सङ्क्रमण

 साउन २५, २०७७ आइतबार १४:२९:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो कही हप्तायता सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको भारतमा पछिल्लो २४ घण्टामा ६४ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४ हजार तीन सय ९९ सङ्क्रमण पुष्टि हुँदा आठ सय ६१ जनाको मृत्यु भएको छ । 

अब भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ लाख ५३ हजार नाघेको छ, यसमध्ये ६ लाख २८ हजार सात सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै मृतकको कुल सङ्ख्या ४३ हजार तीन सय ७९ पुगेको छ । मन्त्रालयका अनसार यो सङ्ख्या कुल सङ्क्रमितको २९ दशमलव २ प्रतिशत हो । 

कोरोना सङ्क्रमणको कारण भारतको कर्नाटक, उत्तर प्रदेश र महाराष्ट्र राज्य सबैभन्दा धेरै प्रभावित भएको छ । भारतीय मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमतिमध्ये दुई हजार ७९ जना कर्नाटकका छन् । 

त्यस्तै उत्तर प्रदेशमा एक हजार ६ सय १४, महाराष्ट्रमा एक हजार चार सय ६६, पश्चिम बङ्गालमा आठ सय ३४ र आन्ध्र प्रदेशमा आठ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

कोरोना सङ्क्रमण दर बढिरहेको भए पनि निको हुनेको दर पनि तीव्र गतिमा बढिरहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार बिहान जारी गरेको तथ्याङ्कअनुसार अहिलेसम्म सङ्क्रमितमध्ये ६९ प्रतिशत अर्थात् १४ लाख ८० हजार आठ सयभन्दा धेरै निको भएका छन् ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया