भारतले दियाे नेपाली सेनालाई १० आईसीयू भेन्टिलेटर

 साउन २५, २०७७ आइतबार १५:४६:४५ | रासस
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ को महामारीविरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आईसीयू भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई  जङ्गी अड्डामा आइतबार आयोजित  कार्यक्रममा प्रदान गर्नुभयो ।   

दुई देशका सेनाबीच रही आएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको नेपालमा रहेकाे भारतीय राजदूतावासले जनाएको छ ।   

हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्धकाे लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्‍याउन भारत प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया