बुद्धको जन्मभूमि नेपाल नै हो, यसमा बहस गरिरहनु पर्दैन : परराष्ट्र मन्त्रालय

 साउन २५, २०७७ आइतबार १८:५२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय विदेश मन्त्री एस जयशङ्करले बुद्धलाई 'महान् भारतीय' भनेपछि परराष्ट्र मन्त्रालयले आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । 

सञ्चारमाध्यमले भारतीय विदेश मन्त्रीले बुद्ध भारतको भन्दै गरेको टिप्पणीप्रति परराष्ट्र मन्त्रालयको धारणा के छ भनेर प्रश्न गरेपछि त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो । 

मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, ‘गौतम बुद्ध नेपालमा जन्मिएको बारे ऐतिहासिक र पुरातात्विक रुपमा स्थापित र निर्विवाद तथ्यहरुलाई नकार्न सकिँदैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मको उद्गमस्थल, युनेस्को विश्व सम्पदा स्थलमध्ये एक हो ।’

‘सन् २०१४ मा नेपाल भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यवस्थापिक संसद्लाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्ति प्रेषित गर्ने बुद्ध जन्मिएको देश भएको बताएका थिए’, विज्ञप्तिमा भनिएको छ, 'बौद्ध धर्म नेपालबाट अरु देशमा फैलिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो कुरा शङ्का र विवादबाहिर छ, यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे सचेत छ ।’ 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया