महाेत्तरीमा भदाै १ गतेसम्म निषेधाज्ञा

 साउन २५, २०७७ आइतबार २०:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

महाेत्तरी – कोरोना भाइरस सङ्क्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

गएको साउन १५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा फेरि थप गर्दै भदौ १ गतेसम्मका लागि पुर्‍याइएकाे हाे । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार महाेत्तरीसहित ​चार वटा जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै रहेकाे छ ।

काठमाण्डौ, रौतहट, महोत्तरी र पर्सामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुलाई मन्त्रालयले उच्च जोखिम भएका जिल्ला भनेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया