कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन राष्ट्र बैंकको निर्देशन

 साउन २६, २०७७ सोमबार ७:५२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

कोरोनाको जोखिम बढ्दै गएको भन्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी सकेसम्म घरबाटै काम गर्ने र सम्भव नभए कमभन्दा कम कर्मचारी उपस्थित हुने गरी विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले स्वास्थ्य सुरक्षा र मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ । राष्ट्र बैंकले यसअघि पनि सकेसम्म घरबाटै काम गर्नेगरी व्यवस्थापन मिलाउन निर्देशन दिएको थियो । 

तर अवस्था सामान्य बन्दै गएको भन्दै बैंक तथा वित्तीय संस्थाले सबै कर्मचारीलाई बोलाएर काममा लगाएका छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवालाई नियमित कसरी राख्न सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन पनि आग्रह गरेको छ । 

राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई ध्यानाकर्षण गराएको छ ।


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया