भारतबाट थप सलह आउने सम्भावना टर्यो

 साउन २६, २०७७ सोमबार ९:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सीमावर्ती भारतमा भएका सलह तत्काल नेपाल आउने सम्भावना टरेको छ ।

नेपाल छिरेका धेरै सलह मौसम अनुकूल नभएपछि मरिसकेका र थोरै मात्रै सक्रिय भएकाले अरु धेरै क्षति नगर्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । 

दुई दिनअघि घाम लाग्दा म्याग्दी, पाल्पा र गुल्मीका केही ठाउँमा सक्रिय सलह कीराले थोरै क्षेत्रमा क्षति गरेको केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताउनुभयो ।

थोरैको संख्यामा भएका सलह देखिएमा टिन, थाल ठटाउनुका साथै ध्वनी निकालेर भगाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

 तर २,४ वटा कीरा देखिनेबित्तिकै सखापै पार्यो भन्दै सामाजिक सञ्जालमा अनावश्यक हल्ला नफैलाउँन पनि केन्द्रले आग्रह गरेको छ ।

यस्ता हल्लाले अनावश्यक चिन्ता थप्ने भएकाले त्यसो नगर्न केन्द्रका प्रमुख हुमागाईंले अनुरोध गर्नुभएको छ । उहाँले किसानलाई अनावश्यक हल्लाका पछि नलाग्न पनि आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया