ब्राजिलमा कोरोना भाइरसका कारण एक लाखभन्दा धेरैको ज्यान गयो

 साउन २६, २०७७ सोमबार १२:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ब्राजिलमा कोरोना भाइरसका कारण एक लाखभन्दा धेरैको ज्यान गएको छ ।

कोरोनाबाट अति प्रभावित देशमध्येको एक ब्राजिलमा एक लाख एक हजार ४९ जनाको गएको हो । ब्राजिलमा कुल सङ्क्रमितको संख्या ३० लाख ३५ हजारभन्दा धेरै पुगेको छ ।

अमेरिकापछि सबैभन्दा धेरै संक्रमित र ज्यान गुमाउनेको संख्या ब्राजिलमा छ । ब्राजिलमा पहिलो ५० हजार मानिसको कोरोना भाइरसका कारण ज्यान जान तीन महिना लागेको थियो ।

तर थप ५० दिनमा ५० हजारभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ । ब्राजिलमा कोरोना भाइरसको संक्रमण अझै पनि उच्च तहमा रहे पनि त्यहाँ पसल तथा रेस्टुरेन्टहरु खुलिसेकका छन् । 

राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा लिनुभएको छैन । 

आफैँ पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका उहाँले राज्यका गभर्नरहरुले लकडाउन गरे पनि त्यसको विरोध गर्दै आउनुभएको थियो । 

उहाँ बिना मास्क पनि समर्थकहरुको भिडमा उपस्थित हुने गर्नुभएको  छ  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया