आईपीएलको मुख्य प्रायोजक बन्ने हाेडमा रामदेवको पतञ्जली

 साउन २६, २०७७ सोमबार १३:३४:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) को मुख्य प्रायोजक बन्नका लागि भारतीय कम्पनी पनि दौडमा छ । केही दिनअघि मात्र भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले चिनियाँ मोबाइल कम्पनी भिभोसँग आफ्नो सम्झौता रद्द गरेको थियो । 

त्यसपछि अन्य कम्पनीसहित याेगगुरु बाबा रामदेवको कम्पनी पतञ्जली पनि आईपीएलको मुख्य प्रायोजक बन्ने हाेडमा सामेल भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार कम्पनीले यो कुराको पुष्टि गरेको हो । 

पतञ्जलीका प्रवक्ता एसके तिजारावालाले यस वर्षको आईपीएलको मुख्य प्रायोजक बन्नेबारेमा विचार गरिरहेको बताएका छन् । ‘हामी पतञ्जली ब्राण्डलाई विश्व मञ्चसम्म पुर्याउन चाहन्छौँ, यसको लागि यो मञ्च सबैभन्दा प्रभावकारी हुन्छ’, उनले भने । 

साथै उनले बीसीसीआईलाई एक प्रस्ताव पठाउने तयारी भइरहेको बताए । 

बजारका जानकारहरुका अनुसार एक चिनियाँ कम्पनीको विकल्पको रुपमा एक राष्ट्रिय ब्राण्डको रुपमा पतञ्जलीको दाबी निकै बलियो रहेको छ । साथै उनीहरु पतञ्जलीमा बहुराष्ट्रिय ब्राण्डको रुपमा दोस्रो ब्राण्डको प्रतिस्पर्धा क्षमताको कमी भएको बताउँछन् ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया