काठमाण्डाैमा ३६ सहित उपत्यकामा थप ४४ जनामा काेराेना सङ्क्रमण

 साउन २६, २०७७ सोमबार १८:१८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यमा साेमबार थप ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । काठमाण्डाैमा ३६, ललितपुरमा चार र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

देशभर थप चार जनाको मृत्यु

गएकाे २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाण्डाैमा दुई  जना तथा बाँके र पर्सामा एक/एक जना रहेका छन् ।

काठमाण्डाै महानगरपालिका १० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाण्डाैकाे कीर्तिपुर ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको साेमबार मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

यस्तै बाँकेको कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार निधन भएको उहाँले बताउनुभयो । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी बिरामी हुनुहुन्थ्यो ।

यस्तै पर्साको देवयानी १५ की ४५ वर्षीया महिलाको शनिबार नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।

धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ६ वटा जिल्लामा कोरोना सङ्क्रमितको सक्रिय सङ्ख्या शून्यमा झरेर कोरोनामुक्त भएका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • केसब पौडेल

    Aug. 10, 2020, 9:41 p.m.

    काठमान्न्डै अहिले rade zone मा परेको छ नाका मा कडाई ले मात्र पुग्दैन PCR लाई अजै जोड दिनु परो

  •  0 Reply

तपाईको प्रतिक्रिया