अस्पतालमा शय्या अभाव हुन थालेपछि बिरामीको वर्गीकरण गर्न विज्ञको सुझाव

 साउन २६, २०७७ सोमबार १९:४:१ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश नम्बर १ का कोभिड–१९ अस्पतालमा शय्या अभाव हुन थालेपछि बिरामीको वर्गीकरण गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

विज्ञहरुले अस्पतालमा आइसोलेशन कक्ष र शय्याकाे सङ्ख्या बढाउनुपर्ने भन्दै बिरामीको अवस्था वर्गी​करण गरी त्यसअनुसारको उपचार कक्ष तथा सुविधा भएको आइसोलेशनको व्यवस्था गर्न सुझाव दिएका हुन् । 

सामान्य र कुनै पनि लक्षण नदेखिएका सङ्क्रमितहरुले अस्पतालका शय्या भरिन थालेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डाक्टर संजिव शर्माले यस्तो अवस्थामा उच्च स्वास्थ्य समस्या भएका तथा जोखिमयुक्त सङ्क्रमित बिरामीले उपचारका लागि शय्या नपाउने र उपचारमा समस्या हुन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । 

यसैबीच प्रदेशको राजधानी विराटनगरमा लकडाउन गरिएपछि प्रदेश सरकार र पालिकाबीच विवाद सिर्जना भएको छ । महानगरपालिकाले गरेको लकडाउन कार्यान्वयनका लागि प्रहरी र प्रशासनबाट सहयोग नभएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गुनासो गर्नुभयो ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया