एन्फाको १९औँ साधारण सभा स्थगित

 साउन २६, २०७७ सोमबार १९:२२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ 'एन्फा' को १९ औँ साधारण सभा स्थगित भएको छ । 
एन्फाले सोमबार प्रेस विज्ञप्ति निकाल्दै भदौमा हुने भनिएको साधारण सभा अर्को सूचना नआउँदासम्मको लागि स्थगित गरिएको जनाएको छ । एन्फाले साधारण सभा भदौ १५ गते गर्ने निर्णय गरेको थियो । 
कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै साधारण सभा स्थगित गरिएको एन्फाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया