मलामी गएका युवा नदीमा बेपत्ता

 साउन २६, २०७७ सोमबार २२:६:१९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका ५ हंसमोरङमा मलामी गएका एक युवा साेमबार दिउँसो तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।  

चौबिसे गाउँपालिका ५ का वडाध्यक्ष पदमकुमार देवानकी आमाको अत्येष्टिका लागि मलामी गएका स्थानीय उत्तरबहादुर याखाको छोरा महेन्द्र याखालाई नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताउनुभयो ।

तमोर नदीले याखालाई बगाएपछि अस्थायी प्रहरी पोस्ट मौनाबुधुक, मुलघाट प्रहरी चौकी, सशस्त्र प्रहरी बल बेस क्याम्प मूलघाट र स्थानीयवासीले खोजी गरिरहेका छन् । याखालाई चौबिसे–५ त्रिवेणीघाटबाट नदीले बगाएपछि साँगुरीगढीको याक्चना घाट, मूलघाट लगायतका ठाँउमा खोजीको लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया