विस्फाेटपछि लेबननमा काेराेना सङ्क्रमण दरमा वृद्धि

 साउन २६, २०७७ सोमबार २०:२:१५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै –  लेबननमा एकैदिन काेराेना सङ्क्रमणकाे दरमा वृद्धि भएकाे छ । याेसँगै राजधानी बेइरुतमा भएकाे विस्फाेटपछि समस्या भाेगिरहेकाे लेबननकाे चिन्ता थप बढेकाे छ । 

पछिल्लाे २४ घण्टामा लेबननमा दुई सय ९४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । लेबननकाे स्वास्थ्य मन्त्रालयका अनुसार देशभर काेराेना सङ्क्रमितकाे कुल सङ्ख्या ६ हजार पाँच सय १७ पुगेकाे छ । 

एक हप्ताअघि लेबननमा औसत एक सय ५५ नयाँ सङ्क्रमित थपिने गरेका थिए, याे एक हप्ताकाे भित्रमा प्रत्येक दिन दुई गुणा सङ्क्रमित थपिएका हुन् । 

लेबननमा काेराेनाबाट अहिलेसम्म मृत्यु हुनेकाे सङ्ख्या ७६ पुगेकाे छ । लेबननका स्वास्थ्य विशेषज्ञहरुले गएकाे मङ्गलबार बेरुइतमा भएकाे विस्फाेटपछि सङ्क्रमण बढ्ने आशङ्का व्यक्त गरेका थिए, त्याे विस्फाेटमा कम्तीमा दुई सय जनाकाे ज्यान गएकाे थियाे । 

बेरुइतमा भएकाे विस्फाेट र काेराेना भाइरस सङ्क्रमणकाे कारण बेरुइतका अस्पताल सङ्घर्ष गरिरहेका छन् । स्वास्थ्य सेवा सुविधाकाे तुलनामा धैरै सङ्ख्यामा बिरामीहरु अस्पताल भर्ना भएका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया