लामो दुरीका यातायात र हवाई उडान भदौ १५ सम्म बन्द

 साउन २६, २०७७ सोमबार २२:०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले लामो दुरीका यातायात र हवाई उडान आउँदो भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।

बैठकले भदौ १६ गतेदेखि लामो दुरीका यातायात र हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि सरकारले भदौ १ गतेदेखि लामो दुरीका यातायात सञ्चालन गर्न दिने अनुमति दिएको थियो । सीमा नाका भने भदौ मसान्तसम्म बन्द गर्ने बैठकले निर्णय गरेको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

2 Comments

  • राजु पाैडेल

    Aug. 10, 2020, 10:58 p.m.

    अहिले फेरि १६ सम्म बन्द अनि १६ अाउछ अनि ३२ यसरी हाेचुवाकाे तालमा निर्णय गर्दै जनतालाई अाश दिनु भन्दा वर्षभरि नै लकडाउन छ भनी देउ सरकार यहाँ जनता त काेराेना भन्दा पनि अरु अवस्था ले मर्ने भए ।जय हाेस सरकार ।

  •  0 Reply
  • Roshni Baniya

    Aug. 10, 2020, 10:28 p.m.

    ठीकै छ तर १५ पछि त खोल्नु होला है /

  •  0 Reply

तपाईको प्रतिक्रिया