यूएईमा एक महिना थपियो भिजिट भिसाको म्याद

 साउन २७, २०७७ मंगलबार ११:४०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँको यूएईमा भिजिट भिसाको म्याद सकिएको छ ? उडानका कारण समयमा घर फर्कन नपाउँदा जरिवाना लाग्ने चिन्ता छ ? तपाईँलाई यूएई सरकारले थप एक महिनाको समय दिएको छ ।

मार्च १ पछि भिजिट भिसाको म्याद सकिएकालाई यूएई सरकारले अगष्ट ११ अर्थात आजदेखि थप एक महिनाको भिसाको अवधि थपिदिएको हो । भिजिट भिसाको म्याद मार्च १ पछि सकिएको भए तपाईँ अबको एक महिनाभित्र यूएई छाड्दा जरिवाना लाग्ने छैन । तर मार्च १ भन्दा अघि नै भिसाको अवधि सकिएकाको हकमा भने यो नियम लागू हुने छैन ।

यूएईले कोरोना महामारीका कारण उडानहरु बन्द भएपछि भिसा सम्बन्धी नियम परिवर्तन गर्दै नयाँ नियम लागू गरेको हो ।

यस्तै यूएई सरकारले यूएई बाहिर रहेका वा बिदामा रहेका रेसिडेन्ट, इम्प्लोइमेन्ट भिसा भएकालाई यूएई फर्कन चाहिने अनुमति आवश्यक नपर्ने पनि बताएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया