नुवाकोटमा निषेधाज्ञा थपियो, सेना परिचालन गरिने

 साउन २७, २०७७ मंगलबार १५:४९:३७ | रासस
unn.prixa.net

नुवाकोट – नुवाकोटमा स्थानीयस्तरमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिएसँगै मङ्गलबारदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । साथै निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भएको छ । 

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोनाको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै मङ्गलबारदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार मङ्गलबारदेखि निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै ठाउँ तादी गाउँपालिका वडा नम्बर २, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ र ५, शिवपुरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ एवं तारकेश्वर गाउँपालिका वडा नम्बर २, ४, ५ र ६ मा आठ दिनका लागि निषेधाज्ञा लगाइएको हो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया