भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा

 साउन २७, २०७७ मंगलबार १६:४:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीलाई कोरोना भाइरसकाे सङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

पूर्वराष्ट्रपति मुखर्जीलाई यही साेमबार काेराेना सङ्क्रमण भएको पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । ८४ वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल जानुभएको थियो । शल्यक्रियाअघि परीक्षण गर्दा उहाँमा कोरोना सङ्क्रमण देखिएको हो ।

अस्पतालले उहाँको अवस्था गम्भीर रहेको बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उहाँ सन् २०१२ देखि सन् २०१७ सम्म भारतका राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ राष्ट्रपति हुनुअघि भारतका अर्थ मन्त्री, रक्षा मन्त्री र परराष्ट्र मन्त्रीजस्ता पदमा रहेर काम गर्नुभएको थियो ।

यसअघि भारतका गृह मन्त्री अमित शाहलाई पनि काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे थियाे । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया