भुटानमा पहिलो पटक लकडाउन

 साउन २७, २०७७ मंगलबार १६:२७:२० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भुटानले पहिलो पटक देशभर लकडाउन घोषणा गरेको छ ।

क्वरेण्टीनबाट डिस्चार्ज भएकी २७ वर्षीया युवतीमा कोरोना भाइरसकाे सङ्क्रमण पाइएपछि भुटानमा लकडाउन घोषणा गरिएको हो । कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि कुवेतबाट फर्किएकी ती युवतीलाई क्वरेण्टीनबाट डिस्चार्ज गरिएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि लकडाउन गरेको भुटानको सरकारले जनाएको छ ।

राजधानी क्षेत्रमा सङ्क्रमणकाे दर तीव्र गतिमा फैलिन सक्ने भन्दै लकडाउनलाई विकल्पकाे रुपमा लिइएकाे स्थानीय प्रशासनले जनाएकाे छ । 

झण्डै साढे सात लाख जनसङ्ख्या रहेको भुटानका धेरैजसो नागरिक बुद्ध धर्ममा आस्था राख्छन् । दक्षिण एसियाली राष्ट्रमध्ये भुटान कोरोनाबाट सबैभन्दा कम प्रभावित देश हो । त्यहाँ अहिलेसम्म एक सय १३ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया