२४ घण्टामा ६३८ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु

 साउन २७, २०७७ मंगलबार १६:३७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा पछिल्लाे २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबार सङ्क्रमण पुष्टि भएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २३ हजार नौ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । साथै पछिल्लाे २४ घण्टामा एक सय ७१ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार ६ सय ६४ पुगेको छ ।

अहिले सात हजार दुई सय एक जना देशका विभिन्न ठाउँको आइसोलेशनमा छन् । यस्तै ११ हजार ५८ जना क्वरेण्टीनमा रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ८३ पुगेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया