न्युजिल्याण्डमा एक सयभन्दा धेरै दिनपछि फेरि काेराेना सङ्क्रमण देखियो

 साउन २७, २०७७ मंगलबार १८:५२:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्याण्डमा एक सयभन्दा धेरै दिनपछि फेरि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले चार जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएकाे जानकारी दिनुभएको छ । उहाँले अकल्याण्डमा सयभन्दा धेरै दिनपछि सङ्क्रमित भेटिएको र त्यहाँ तेस्रो चरणको लकडाउन कायम रहेको बताउनुभएको छ ।

सङ्क्रमित चारै जना एउटै घरमा बस्नेहरु रहेकाे बीबीसीले जनाएको छ । उनीहरुलाई कोरोना कसरी सर्‍याे भन्ने स्रोत पत्ता लागेको छैन ।

काेराेना महामारी नियन्त्रण गर्न सम्बन्धमा न्युजिल्याण्डकाे प्रयासकाे चाैतर्फी सराहना भइरहेकाे छ, न्युजिल्याण्डले महामारीकाे सुरुवातमा नै आफ्नाे सीमा बन्द गर्दै देशव्यापी लकडाउन लागू गरेकाे थियाे ।

विश्वका शक्तिशाली राष्ट्रका पुरुष नेतृत्वहरु कमजाेर देखिइरहेकाे बेला काेराेना नियन्त्रणकाे लागि न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले विश्वलाई एक उदाहरण दिएकी छिन् । लकडाउनकाे सशक्त पालना, क्वरेण्टीनकाे व्यवस्थापन र कुशल नेतृत्वकाे कारण न्युजिल्याण्डबाट पाठ सिक्न सक्ने विशेषज्ञहरु बताउँछन् । 

न्युजिल्याण्डमा अहिलेसम्म एक हजार पाँच सय ७० जना सङ्क्रमित छन् भने कोरोनाका कारण अहिलेसम्म २२ जनाको मृत्यु भएकाे छ ।

 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया