अब भारतबाट नेपाल आउन यी १० वटा सीमा नाकामात्र खुला

 साउन २७, २०७७ मंगलबार १९:३८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भारतबाट स्वेदश फर्कने नेपालीहरुका लागि १० वटा सीमा नाकालाई प्रवेशबिन्दु ताेकेकाे छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गतेको निर्णयले २० वटा सीमा नाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो । तर पछिल्लो केही दिनयता कोभिड–१९ सङ्क्रमणको अवस्था बढेको भन्दै सोमबारको बैठकले त्यसलाई संशोधन गरी विभिन्न १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको हो । 

सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले मङ्गलबार मन्त्रिपरिषद्का निर्णय सुनाउन आयोजना गरेको पत्रकार सम्मेलनमा अबदेखि १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय भएको बताउनुभयो । 

मन्त्री खतिवडाले झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेहलिया, कपिलवस्तुकाे कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गाैरीफान्टा र कञ्चनपुरको गड्डाचौकीबाट मात्रै नेपाल प्रवेश गर्न पाइने निर्णय भएको बताउनुभयो । 

यस्तै भदौ ३१ गते मध्यरातसम्मका लागि नेपाल प्रवेश गर्ने सबै प्रवेशबिन्दुमा आवागमन स्थगित गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । तर मन्त्रिपरिषद्को जेठ १२ गतेको निर्णयअनुसार स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई नेपाल प्रवेश गर्न सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ बमोजिम स्थलमार्गमा तोकिएको नाकाबाट आउन र मालसामान ढुवानी गर्ने मालवाहक साधनलाई आउन दिने र यस आदेशको पालना नगरि आउनेलाई कानुन बमोजिम कारबाही गर्ने निर्णयसमेत गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया