उदयपुरका ३ वटा नगरपालिकामा भदौ ७ गतेसम्म निषेधाज्ञा

 साउन २७, २०७७ मंगलबार २०:२२:१६ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमित फेला परेपछि तीन वटा नगरपालिका क्षेत्रमा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । 

उदयपुरको बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका क्षेत्रभित्र साउन २७ गते बेलुकादेखि भदौ ७ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो । 

उदयपुरमा मङ्गलबार मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना पोजेटिभ देखिएपछि प्रशासनले यो कदम चालेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । 

खाद्यान्न पसल बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहने र अन्य सम्पूर्ण क्षेत्र बन्द हुने प्रशासनले जनाएको छ ।   

अन्तिम अपडेट: चैत २५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया