रसुवागढी नाका हुँदै चीनतर्फ सामान निर्यात घट्यो, गएको फागुनदेखि असार मसान्तसम्म निर्यात शून्य

 साउन २८, २०७७ बुधबार ११:५०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाका हुँदै चीनतर्फको सामान निर्यात घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा निर्यात निकै कम भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष ७६/७७ मा ७६ करोड २ लाख २३ हजार मूल्य बराबरको सामान मात्र निर्यात भएको कार्यालयको तथ्यांक छ । 

आर्थिक वर्ष २०७५/७६ मा भने १ अर्ब ३२ करोड ३९ लाख २७ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो । 

रसुवागढी नाकाबाट गएको साउनमा १५ करोड २ लाख ७५ हजार, भदौमा ११ करोड ६ लाख १ हजार, असोजमा १० करोड ९९ लाख ६१ हजार, कार्तिकमा ११ करोड ९ लाख ९ हजार, मंसिरमा ९ करोड २५ लाख ७४ हजार, १५ करोड ९१ लाख २८ हजार र माघमा २ करोड ६७ लाख ७५ हजार मूल्य बराबरको सामान निर्यात भएको कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको कारण फागुनदेखि असार मसान्तसम्म भने सामान निर्यात नभएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो । गएको असार २८ गतेदेखि सञ्चालनमा आएको रसुवागढी नाकाबाट अहिले पनि आयात मात्र भइरहेको छ । 

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ भने नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया