अमेरिकी चुनाव : डेमाेक्र्याटिक पार्टीकी कमला ह्यारिस उपराष्ट्रपति पदकाे उम्मेदवार

 साउन २८, २०७७ बुधबार १४:१९:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गर्नुभएको छ ।

कमला ह्यारिस उपराष्ट्रपति पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियाली–अमेरिकी हुनुहुन्छ । उहाँको आमाको जन्म भारतमा भएको थियो । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उहाँ रङ्गभेदविरुद्धको अभियानमा पनि हुनुहुन्थ्यो ।

आउँदो नोभेम्बर ३ तारिखमा हुने चुनावमा बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कमला ह्यारिसले ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार वर्तमान उपराष्ट्रपति माइक पेन्ससँग अक्टोबर ७ तारिखमा सल्ट लेक सिटी, युटामा बहस गर्ने बीबीसीले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म दुई जना महिला मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका छन् ।  सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटिक पार्टीबाट जेरल्डिन फरारो उम्मेदवार बन्नुभएको थियो । तर दुवै जनाले चुनाव हार्नु भएको थियो ।

अमेरिकामा अहिलेसम्म अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका छैनन् भने राष्ट्रपति पदमा पनि महिला पुगेका छैनन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया