शेयर बजारमा सामान्य सुधार

 साउन २८, २०७७ बुधबार १६:५७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजारमा बुधबार सामान्य सुधार भएको छ । नेप्से परिसूचक बुधबार १ दशमलव ५१ अङ्कले सुधार भएर १४ सय २५ दशमलव ३२ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बुधबार बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादनमूलक, जीवन बीमा र म्युचल फन्डकाे उपसूचक बढेका छन् । व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र माइक्रोफाइनान्स समूहको उपसूचक भने घटेका छन् । बुधबार ९५ करोड १९ लाख ६० हजार रुपैयाँ बराबरका ३० लाख कित्ता शेयर किनबेच भएका छन् ।

युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको बुधबार सबैभन्दा धेरै ६ करोड २० लाख रुपैयाँ बराबरका शेयर काराेबार भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

बुधबार साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाउँदा युनियन हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ६ अङ्क गुमाएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया