भारत : कर्नाटकका उद्योगपतिले मृतक पत्नीको प्रतिमा बनाए, सँगै गृह प्रवेश गरे

 साउन २८, २०७७ बुधबार २०:४०:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको कर्नाटक राज्यको कोपलमा रहने एक उद्योगपति श्रीनिवास गुप्ताले गृह प्रवेशको लागि दुई वर्षअघि नै ज्यान गुमाएकी पत्नीको मूर्ति बनाएका छन् ।

नयाँ घरमा प्रवेश गर्नकाे लागि ती उद्याेगपतिले मृतक पत्नीकाे प्रतिमा बनाएका हुन् । सन् २०१७ मा सडक दुर्घटनामा पत्नीको मृत्यु भएपछि ती उद्योगपतिले मूर्ति बनाउन लगाएका हुन् । 

उद्योगपति गुप्ताले भने, ‘मूर्ति बनाउने कालीगढले मैनबत्तीको साटो सिलिकनको मूर्ति बनाउन सुझाव दिएका थिए । किनकि हामी निकै गर्मी हुने ठाउँ कोपलमा बस्दै आएका छौँ । मैनबत्तीलाई चिसो बनाइराख्न सधैँ एसी चलाउन सकिँदैन । उनकै सुझावमा सिलिकनको मूर्ति बनाइएको हो ।’

पत्नीको सिलिकन मूर्ति गृह प्रवेशका क्रममा प्रयोग गर्दा गुप्ताले पत्नीलाई फेरि घरमा राख्न पाउँदा निकै खुसी महसुस भएको बताए । यो उनको सपनाको घर थियो । यो मूर्ति बनाउनको लागि कालीगढ एक साल लगाएका थिए । 

गुप्ताले भने, ‘बेङ्गलोरमा रहने श्रीधर मूर्तिले एक वर्ष लगाएर मूर्ति बनाएका हुन् । सिलिकनबाट बनेको मूर्ति धेरै समयसम्म रहिरहन्छ ।’ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया