प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
सप्तरी – सप्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
सप्तरीको खडक नगरपालिका ६ कल्याणपुरमा ना ४ च ८४८३ नम्बरको जीप र स ७ प ८९३२ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन वर्षीया बालिकासहित दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका वडा नम्बर ६ कल्याणपुरका कासिम अन्सारी र उहाँकी तीन वर्षीया नातिनी फरना खातुन रहेका छन् ।
दुर्घटनामा मोटरसाइकल पछाडि बस्नु भएकी कासिमकी श्रीमती रोशना खातुन र छोरी समसुन खातुन गम्भीर घाइते भएका छन् । उनीहरुको युनिक अस्पताल रायपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।