बुटवलमा भदाै ५ सम्म लकडाउन

 साउन २८, २०७७ बुधबार २०:२४:३० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – बुटवलमा लकडाउन घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यपालिका बैठकले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका उपमहानगरभित्र लकडाउन गर्ने निर्णय गरेको हो ।

बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि समय दिएर बिहीबार रातिदेखि लकडाउन गर्ने निर्णय भएको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो । लकडाउनको बेला अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछन् ।

समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन खुलेपछि बजारमा मानिसहरुको भिडभाड बढेको र सामान्य सर्तकता समेत नअपनाएको देखिन्छ । 

अन्तिम अपडेट: भदौ ५, २०७७

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया