अब केहीदिन झरीको संभावना छैन, राति र बिहानीपख भने पानी पर्ने : मौसमविद्

 साउन २९, २०७७ बिहिबार ७:१६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भोलिदेखि पानी कम पर्ने मौसमविद्ले बताएका छन् । 

मनसुन चलिरहेकाले कतै/कतै पानी परे पनि भोलिदेखि लगातार झरीको संभावना कतै पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् वरुण पौडेलकाअनुसार दिउँसो धेरै ठाउँमा चर्को घाम लागे पनि केही ठाउँमा भने पानी पर्ने संभावना छ । 

तर मनसुन चलिरहेकाले बेलुकादेखि बिहानसम्म केही ठाउँमा पानी पर्ने छ । दिउँसो तातेको जमिन बेलुकी चिसो हुन थालेपछि राति र बिहानीपख पानी पर्नु स्वभाविक भएको उहाँको भनाइ छ ।

दिउँसो कम पानी परेपछि गर्मी भने बढ्नेछ । आज भने प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्न सक्नेछ । तर अबको केही दिन लगातार झरीको संभावना कतै पनि नभएको मौसमविद्ले जानकारी दिएका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया