आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास नपाइने

 साउन २९, २०७७ बिहिबार ८:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास नपाइने भएको छ । 

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै आजदेखि लागू हुने गरी गाडीको पास वितरण नगर्न निर्देशन दिएको हो ।

योसँगै अत्यावश्यक कामबाहेकका लागि यसअघि लिइएका पास पनि रद्द भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । 

उहाँकाअनुसार कोरोनाको संक्रमण बढ्दै गएकाले जिल्ला स्तरका पास वितरणमा रोक लगाइएको हो । 

यसअघि सरकारले अत्यावश्यक कामका लागि एक जिल्लाबाट अर्को जिल्ला जानको लागि गाडीको पास वितरण गर्दै आएको थियो । 

तर अब अत्यावश्यकबाहेकका लागि गाडीको पास बन्द भएको गृह मन्त्रालयले जनाएको हो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया