६ जनामा कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द

 साउन २९, २०७७ बिहिबार ९:५३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।  

आकस्मिक कक्षमा कार्यरत ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र अरुमा पनि लक्षण देखिएकाले आकस्मिक सेवा बन्द गरिएको अस्पतालका कोभिड संयोजक डाक्टर सन्तकुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार आकस्मिक बाहेकका सेवा भने खुल्ला नै छ । 

आकस्मिक कक्षका ६ जनामा सङ्क्रमण पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका सय जनाभन्दा धेरैको आज कोरोना परीक्षणको लागि स्वाब संकलनको तयारी भएको छ । सङ्क्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा राखिएको पनि संयोजक दासले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया