सुर्खेतमा सुनका गहनासहित एक जना पक्राउ

 साउन २९, २०७७ बिहिबार १३:३७:४५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतमा सुनका गहनासहित एक जना पक्राउ परेका छन् । लुकाएर राखेको अवस्थामा सुनका गहनासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले बुधबार राति १० बजेतिर वीरेन्द्रनगर नगरपालिका ३ उत्तरगङ्गाको एक घरमा लुकाएर राखेको अवस्थामा सुनका गहना बरामद गरिएको जानकारी दिनुभयो । 

पक्राउ परेका व्यक्तिकाे साथबाट १६ वटा चुरा, दुई वटा कडा, पाँच वटा झुम्का, चार वटा शिरफूल, तीन वटा क्लिप, एक वटा काँटा बरामद गरिएको डीएसपी घर्तीले बताउनुभयो । ती व्यक्तिकाे नाम भने खुलाइएकाे छैन ।

सुनका गहना बरामद गर्दा नजोखेर सिलबन्दी गरिएकाले कति सुन छ भनेर यकिन नभएको घर्तीले जानकारी दिनुभयाे । जनप्रतिनिधिको रोहबरमा गहना सिलबन्दी गरिएको उहाँको भनाइ छ । 

उहाँले सुन चोरेर ल्याएको हुन सक्ने अनुमान गरिएको बताउँदै पक्राउ परेका व्यक्ति सुन ल्याउने भन्दा पनि सुन राख्ने भएको जानकारी दिनुभयो । सुन ल्याउने मुख्य व्यक्ति अर्कै हुन सक्ने भन्दै खोजी भइरहेकाे डीएसपी घर्तीले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया