ओली–प्रचण्डबीच छलफल : विवाद समाधानतर्फ

 साउन २९, २०७७ बिहिबार १७:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल विवाद समाधानतर्फ केन्द्रित भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा चार घण्टा भएको छलफल समाधानको बाटोतर्फ केन्द्रित भएकाे प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो । विवाद समाधानको लागि ठ्याक्कै एउटै एजेण्डामा छलफल नभएको तर अब छिटै नै सहमति गर्ने गरी कुराकानी भएको सापकोटाले बताउनुभयो ।

दुई अध्यक्षबीच आठ दिनपछि बिहीबार छलफल भएको हो । प्रधानमन्त्रीका  प्रेस संयोजक रामशरण बजगाईंले याे छलफलमा नेकपाका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा र शङ्कर पोखरेल पनि सहभागी भएको बताउनुभएको छ । तर प्रचण्डका प्रेस संयोजक सापकोटाले भने आज बालुवाटारमा दुई अध्यक्षबफच मात्रै छलफल भएको दाबी गर्नुभयो । बुधबार प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तर्वार्तामा पाँच दिनभित्र नेकपाभित्रको विवाद समाधान हुने दाबी गरेको भोलिपल्ट नै छलफल हुनुलाई महत्त्वका साथ हेरिएको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले स्थायी समिति बैठकमा आफू नजाने, केन्द्रीय समिति बैठक नबोलाउने, स्थायी समिति बैठक राखेमा वैधानिक नहुने, अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्ने लगायत अडान राख्दै आउनुभएको छ ।

अर्का अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री ओलीले कुनै एक पदबाट राजीनामा दिनुपर्ने, राेकिएकाे स्थायी समिति बैठक सुरु गर्नुपर्ने र त्यो नभए केन्द्रीय समिति बोलाउनुपर्ने बताउँदै आउनुभएको छ । यही कारणले नेकपामा विवाद बढेको छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया