स्वाब दिएपछि घरबाहिर ननिस्कौँ, रिपोर्ट नआउञ्जेल आइसोलेशनमा बसौँ : स्वास्थ्य मन्त्रालय

 साउन २९, २०७७ बिहिबार १८:३७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले स्वाब परीक्षणका लागि दिइसकेपछि अनिवार्य आइसोलेशनमा बस्न आग्रह गर्नुभएको छ ।

नमुना परीक्षणको रिपोर्ट आएपछि सम्पर्कमा रहेकाहरुलाई खबर गर्न पनि उहाँको अनुरोध छ । कोरोना परीक्षणको रिपोर्ट नआउँदै घुमफिरमा निस्कँदा पछि सङ्क्रमण पुष्टि हुँदा सम्पर्कमा आएकाहरुको खोजी गर्न समस्या भएको मन्त्रालयले जनाएको छ ।   

साथै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमण भएको आशङ्का भएमामात्र स्वाब परीक्षण गर्न आग्रह गरेको छ । तर कतिपयले स्वाब परीक्षणका लागि दिइसकेपछि पनि घरबाहिर घुम्ने गरेको पाइएको र यसले कोरोना सङ्क्रमणको जोखिम थप बढाएको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया