मास्क नलगाउने ४ लाख बढीलाई कारबाही, अनुमति विना काठमाण्डौ उपत्यका प्रवेश गर्न खोज्नेलाई फर्काइयो

 साउन २९, २०७७ बिहिबार २१:४१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमण रोकथामका लागि जारी भएका सुरक्षा मापदण्ड विपरीत काम गर्नेलाई सरकारले कारबाही गरेको छ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको भन्दै गृह मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउनेलाई कारबाही गरेको हो ।

यसअघि काठमाण्डौ उपत्यका र दुई सयभन्दा धेरै सङ्क्रमित रहेका जिल्लामा  जोर–बिजोर प्रणाली लागू गर्ने/गराउने, कोरोना सङ्क्रमण बढ्दै गएका जिल्ला क्रमशः बन्द गर्दै जाने र परीक्षण बढाउने , अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्ने र सामूहिक भोज भतेर र समारोह पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी भौतिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र नमान्नेलाई कारबाही गर्ने गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारको निर्देशनको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गरी कारबाही तीव्र बनाउन विभिन्न अनुगमन टोली परिचालन गरिएको छ । 

अहिलेसम्म ४ लाख १९ हजार ५ सय ३८ जना मास्क नलगाउनेलाई कारबाही गरिएको छ । यस्तै अनुमति विना काठमाण्डौ उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६ सय ३५ वटा गाडी र १९ हजार चार सय ८३ पैदल यात्रुलाई नाकाबाट फिर्ता पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया