सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन स...
बैशाख ७, २०८१ शुक्रबार
कालीकोट - कालीकोटको महाबै गाउँपालिका-३ नकुमा पहिरो जाँदा ६ जना बालबालिका बेपत्ता भएका छन् ।
बिहीबार राति रजबहादुर बिष्टको घर पहिरोले पुरिँदा बिष्टका २ छोरी, दुई छोरा र बिष्टका दाजु डिलबहादुर बिष्टका २ छोरी पहिरोमा पुरिएको स्थानीय खेमबहादुर सिंहले बताउनुभयो ।
घटनास्थलमा स्थानीयले उद्धार गरिरहेका छन् । प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्यामबाबु ओलीयाले बताउनुभयो ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।