सिन्धुपाल्चोक : ३७ घर पहिरोले बगायो, ३६ जना सम्पर्कविहीन , दुईको शव भेटियो

 साउन ३०, २०७७ शुक्रबार १२:१७:६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर बगाउँदा ३६ जना सम्पर्कविहीन भएका छन् ।

 दुई जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार ५ जनालाई भने उद्धार गरेर उपचारको लागि सदरमुकाम चौतारा पुर्याइएको छ ।

अहिले उद्धार र खोजीको काम चलिरहेको उहाँले बताउनुभयो । प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटासहितको टोली पनि पुगेको छ । 

यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पनि प्रहरीको टोली घटनास्थल गइरहेको छ ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Narjung Gurung

    Aug. 14, 2020, 1:58 p.m.

    दुखद घटना, तर यो घटना कहिले घटेको हो, हिजो आज त त्यति ठुलो बर्षा र बाढी पहिरो भएको सुनिएको थिएन ? समाचार लेख्नेले पूर्ण जानकारी आउने गरि लेखे राम्रो हुने कि कसो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया