एनसेल आजियाटाले ल्यायो आकर्षक ‘अल्ट्रा वाइफाई सिम प्लस’

 साउन ३०, २०७७ शुक्रबार १२:५६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलले घर तथा साना कार्यलयको प्रयोजनका लागि सुलभ वाइफाइ सेवा लिन मिल्ने ‘अल्ट्रा वाइफाइ सिम प्लस’को सुविधा ल्याएको छ ।

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुनेगरी ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको हो ।

अल्ट्रा वाइफाइ सिम प्लस उपभोक्ताका लागि मासिक ४० जीबी डाटा भोलुम बण्डल सहितको एक विशेष सिम कार्ड हो । वाइफाइ सेवाका लागि बण्डल डाटा बाहेक ग्राहकले यो सेवा अन्तर्गत दुई वटा सिम र त्यसमा प्रत्येक महिना डाटा, अन नेट टक टाइम र डिजिटल कण्टेण्टहरु बण्डल सेवाका रुपमा पाइने एनसेलले जनाएको छ ।

आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो । 

ग्राहकले यस योजना अन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वा वायरलेस डिभाइसमा यो सिम राखेर डाटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखे पछि सबै भन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुन्छ र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाइफाइ सेवा उपलब्ध हुनेछ । 

‘सबै फोरजी कभरेज क्षेत्रमा रहेका उपभोक्ताका लागि बण्डल सेवा सहित सुलभ र झन्झट रहित ‘अल्ट्रा वाइफाई सिम प्लस’ योजना ल्याइएको हो’, एनसेल आजियाटाका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भन्नुभयो, ‘घर तथा साना व्यवसाय लक्षित यस सेवाले धेरै भन्दा धेरै उपभोक्तालाई इन्टरनेटमा पहुँच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने छ ।’

यो सेवाको शुल्क वार्षिक शुल्क योजना अन्तर्गत कर बाहेक मासिक ४३० रुपैयाँ रहेको छ । ग्राहकले यस अल्ट्रा वाइफाई सिम प्लस सेवामा वायरलेस डाटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायरफ्री प्लस डाटा पाउँछन् । यसका साथै बण्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जीबी डाटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुई वटा फोरजी सिम पाउँछन् ।

हप्ताको सातै दिन, २४ सै घण्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विषेशता रहेको एनसेलले जनाएको छ । यस अघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोग मार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरे डाटा सेवाको आवश्यकता रहेका ग्राहकहरुलाई ध्यानमा राख्दै ४० भन्दा बढी जिल्लाहरुमा उपलब्ध हुनेगरी आकर्षक वायरफ्री प्लस वाइफाई सेवा सञ्चालनमा ल्याएको थियो । यो योजनामा ग्राहकले सिम कार्ड, डिभाइस, डाटा, भ्वाइस, डिजिटल कण्टेण्ट लगायत सेवाहरु सहितको बण्डल सेवा पाउँछन् ।

अल्ट्रा वाइफाई सिम प्लस सेवा अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधि भित्र प्रयोग गरी नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात जोडिने छैन ।
इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर गइ आवश्यक प्रक्रिया पुर्‍याइ सजिलैसँग यो सिम लिन सक्नेछन् ।

यस्तै यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजियाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्ने र अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यक जानकारी लिन सक्ने एनसेलले जनाएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • Hari

    Aug. 14, 2020, 2:34 p.m.

    आकर्षक छैन ! Unlimited data plan हुनुपर्थ्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया