घरको मापदण्ड नमिलेको भन्दै ४ लाख घुस लिएको अभियोगमा इन्जिनियर र सब–इन्जिनियरविरुद्ध मुद्दा

 साउन ३०, २०७७ शुक्रबार १४:२२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लमजुङको मर्स्याङ्दी गाँउपालिकाका इन्जिनियर भूपेन्द्रकुमार मण्डल र सबइन्जिनियर टीकाप्रसाद गुरुङविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डाैमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट विभिन्न बहानामा आठ जनासँग ५०/५० हजार रुपैयाँका दरले घुस लिएको खुल्न आएको र उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । 

निर्माण गरेको घरको मापदण्ड नमिलेको बहानामा उनीहरुले प्राविधिक मूल्याङ्कन गराइ रकम स्वीकृत गराउन आठ जना लाभग्राहीसँग एकमुष्ट चार लाख रुपैयाँ घुस लिएको खुल्न आएको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया