बेलायत : फ्रान्सबाट आउनेले १४ दिनसम्म क्वरेण्टीनमा बस्नुपर्ने

 साउन ३०, २०७७ शुक्रबार १५:१७:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – फ्रान्स र नेदरल्याण्ड्सबाट बेलायत आउने व्यक्तिहरुलाई १४ दिनको क्वरेण्टीनमा राखिने भएको छ । 

बेलायतका यातायात मन्त्री ग्रान्ट शाप्सले मोनाको र मालटाबाट आउने व्यक्तिमा पनि यो नियम लागू हुने बताउनुभएको छ । उहाँका अनुसार शनिबार बिहान ४ बजेदेखि यो नियम लागू हुनेछ । 

मन्त्री शाप्सका अनुसार कोरोनाको सङ्क्रमणदर कम गर्नको लागि यो गर्नु जरुरी थियो । 

युरोपको कैयौँ देशमा पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणदर बढिरहेको छ । यही कारण बेलायत सरकारले यस्तो घोषणा गरेको हो । 

स्पेनबाट आउने व्यक्तिमा पनि २५ जुलाईदेखि क्वरेण्टीन नियम लागू गरिएको थियो । 

बिहीबार फ्रान्समा दुई हजा पाँच सय २४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो, मे महिनामा लकडाउन गरिएपछि एकैदिन सबैभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । 

फ्रान्सका प्रधानमन्त्री जिन क्यासटेक्सले मङ्गलबार भनेका थिए, काेराेना सङ्क्रमणकाे सङ्ख्या पछिल्लाे दुई हप्तायता गलत दिशामा गइरहेकाे छ ।  

बिहीबार बेलायतका प्रधानमन्त्री बाेरिस जाेनसनले विदेशमा बिदा मनाएर आउनेका लागि निकै कडा नियम बनाइने बताउनुभएको छ ।   

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया