काठमाण्डाैमा ८३ सहित उपत्यकामा थप १ सय १९ जनामा काेराेना सङ्क्रमण

 साउन ३०, २०७७ शुक्रबार १७:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक सय १९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा काठमाण्डौमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

शुक्रबार काठमाण्डाै उपत्यकासहित देशभर पाँच सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २५ हजार पाँच सय ५१ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट चार जनाको ज्यान गएकाे छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ९९ पुगेको छ ।  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया