दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पारित, 'निर्देशनकाे आंशिक पालना भयाे'

 साउन ३०, २०७७ शुक्रबार १९:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । आर्थिक वर्षको अन्तिमसम्म प्रतिवेदन पारित गरिसक्नु पर्ने भए पनि कोरोना महामारी र समिति सभापतिहरुको कार्यकाल सकिएका कारण समयमै प्रतिवेदन पारित गर्न नसकिएको समिति सभापति तारादेवी भट्टले बताउनुभयो ।

समितिको बैठक केही दिनका लागि स्थगित गरिएको जानकारी दिँदै उहाँले अवस्था सहज हुँदै गएपछि सरकारको निर्णयअनुसार आउँदो बैठकको मिति तोकिने बताउनुभयो ।

समितिले गएकाे आर्थिक वर्षमा राष्ट्रिय गौरव तथा महत्त्वका आयोजनाको अनुगमन गरी दिएका निर्देशनको आंशिक रुपमा पालना भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

सडक जोखिम र दुर्घटना एवं धनजनको क्षति न्यूनीकरण गर्न लामो यात्रामा दुई जना गाडी चालक राख्नुपर्ने, गाडीमा परिचालक वा सहचालकको रुपमा बालश्रम निषेध गर्नुपर्ने, तोकिएको भाडादर टाँसलगायतका विषयलाई कार्यमूलक बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएकोमा आंशिक रुपमा कार्यान्वयन भएको प्रतिवेदनमा उल्लेख छ ।

सुपथ मूल्य पसललाई चाडपर्वको अतिरिक्त नियमित र दुर्गम क्षेत्रमा खाद्यान्नकाे मौज्दात तथा आपूर्ति व्यवस्थापनलाई गतिशील बनाउने, कालोबजारी र कृत्रिम अभाव सिर्जना भएमा अविलम्ब कारबाहीको प्रक्रिया अगाडि बढाउने, उत्पादन मिति र उपभोग गर्न मिल्ने मितिलगायतका मूल्य टाँसी सामग्री बेचबिखन गर्ने सम्बन्धमा उद्योग मन्त्रालयलाई निर्देशनमा दिएकोमा सुधार भएको समितिले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया