भारतका गृह मन्त्री काेराेना सङ्क्रमणमुक्त

 साउन ३०, २०७७ शुक्रबार १८:१३:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतका गृह मन्त्री अमित शाह काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनुभएकाे छ । गएकाे अगस्ट २ तारिखका दिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उहाँ नयाँ दिल्ली नजिक गुडगाउँको मेदान्त अस्पतालमा भर्ना हुनुभएको थियो ।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै शाहले आफू निको भएको जानकारी दिनुभएको हो । उहाँले आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको र आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

यस्तै गृह मन्त्री शाहले डाक्टरको सल्लाहमा अबका केही दिन घरमै आइसोलेशनमा बस्ने पनि जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया