बानियाँटारमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या

 साउन ३१, २०७७ शनिबार ९:५७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको बानियाँटारमा एक युवकको हत्या भएको छ । 

गएराति धारिलो हतियारको प्रहारबाट काठमाण्डौको तारकेश्वर नगरपालिका लोलाङका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको बानियाँटार प्रहरीले जनाएको छ ।

 दुई समूहबीच झगडा हुँदा हत्या भएको प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया