भन्सारका धेरैजसो काम अनलाइनबाटै, केही सेवा स्थगित

 साउन ३१, २०७७ शनिबार ११:२१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको महामारीलाई ध्यान दिँदै भन्सार विभागले धेरैजसो काम अनलाइनबाटै सञ्चालन गर्ने जनाएको छ ।

सरकारले ५० प्रतिशत कर्मचारी मात्रै कार्यस्थलमा उपस्थित हुने र बाँकीले घरबाटै काम गर्न भनेकाले इमेल या भर्चुअल माध्यमबाट काम गर्ने व्यवस्था मिलाइएको महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो ।

विद्युतीय माध्यमबाट सम्भावना नहुने र बढी जनसम्पर्क हुने काम भने तत्कालको लागि स्थगित भएको महानिर्देशक दाहालको भनाइ छ । 

नीति महसुल तथा छुट वर्गीकरण शाखाको काम इमेलबाटै हुनेछ, कुनै द्धिविधा भएमा विभागले सम्बन्धित अधिकारीलाई फोन गरेर बुझ्न सकिनेछ ।​

सेवाग्राही सहजीकरण शाखाका काम पनि इमेलबाटै हुनेछन् । यसको लागि पनि विभागले प्रक्रिया र सम्बन्धित व्यक्तिको फोन नम्बरसमेत सार्वजनिक  गरेको छ । 

तर कोड खारेजी गर्ने, बैंकमा राखिएको ग्यारेन्टी परिवर्तन या रकम फुकुवा गर्ने कार्य र खरिद, निर्माण सेवा, परामर्श र मौजुदा सूचीदर्ताको कार्य भने अहिलेको लागि स्थगित गरिएको भन्सार विभागले जनाएको छ । 

यसरी लिन सकिन्छ अनलाइनबाटै भन्सारको सेवा 


 

अन्तिम अपडेट: साउन ३२, २०७७

तपाईको प्रतिक्रिया