मोटरसाइकल दुर्घटनामा परि दाङमा २ जनाको ज्यान गयाे

 साउन ३२, २०७७ आइतबार १५:७:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – मोटरसाइकल दुर्घटनामा परि दाङमा दुई जनाको ज्यान  गएको छ ।

गढवा गाउँपालिका – ७ का २६ वर्षीय सुरजनारायण चौधरी र  २७ वर्षीय मनोज चौधरीको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयो ।

दुवै जना लु ५७११०० नम्बरको एउटै माेटरसाइकलमा सवार थिए । गए राति एघार बजे लमही देखि गढवा जाँदै गर्दा बलामपुर नजिक सानो राप्ती नदीको पुलमा उनीहरु सवार मोटरसाइकलले ठक्कर दिदा दुवै जना नदीमा खसेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया