पोखरामा आज रातिदेखि एक हप्ता निषेधाज्ञा

 भदौ १, २०७७ सोमबार ११:४९:४८ | सुमन गुरुङ
unn.prixa.net

कास्की - पोखरामा आज रातिदेखि एक हप्ता निषेधाज्ञा लागू हुने भएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म निषेधाज्ञा गर्ने निर्णय भएको हो । 

समुदायमा कोरोना सङ्क्रमित भेटिन थालेपछि पोखरा महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको बिहान बसेको बैठकले भदौ ८ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । 

पछि अवस्था हेरेर निषेधाज्ञा थप्ने/नथप्नेबारे निर्णय हुने समिति सदस्य शोभामोहन पौडेलले जानकारी दिनुभयो ।

निषेधाज्ञा जारी भएपछि खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया