प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
दाङ – खेल्ने क्रममा पानीमा डुबेर दाङमा दुई बालिकाको ज्यान गएको छ ।
घोराही उपमहानगरपालिका १७ काे गैरागाँउका मनोज चौधरीकी १५ महिनाकी छोरीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । खेल्ने क्रममा घर नजिकैको कुलाेमा डुबेर बालिकाको ज्यान गएको हो ।
यसैगरी गढवा गाउँपालिका ४ खजरौटाका महोमद रजा मियाकी एक वर्षीया छोरीको खेल्ने क्रममा बाल्टीमा राखिएको पानीमा डुबेर ज्यान गएको हो ।
दुवै घटनामा पानीमा डुबेर घाइते भएका बालिकाहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।