पर्सामा कोरोनाका कारण थप एक जनाकाे ज्यान गयाे

 भदौ ३, २०७७ बुधबार १०:५१:६ | केसी लामिछाने
unn.prixa.net

पर्सा पर्सामा कोरोनाका कारण थप एक जनाकाे ज्यान गएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका व्यक्तिको ज्यान गएको  नारायणी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

विर्ताका ८६ वर्षीय पुरुषको गएराति १० बजे गण्डक अस्पतालमा ज्यान गएको उहाँले बताउनुभयो । ती वृद्धको कोभिड निमोनियाको उपचार गराउदै गर्दा ज्यान गएको हो ।

उहाँको स्वाब साउन २३ गते सङ्कलन गरिएको थियो । २६ गते आएको रिपोर्टमा उहाँमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । 

यसअघि आज बिहान ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको ज्यान गएको थियो । ती महिलालाई गएको साउन २१ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय १६ पुगेको छ । आज ज्यान गुमाएका पुरुष र महिलाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ५ लाख ४२ हजार ८ सय ६६ जनाको पीसीआर परीक्षण गरिएकोमा २८ हजार २ सय ५७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ५ सय ८० जना निको भएका छन् । १० हजार ५ सय ६३ जना आइसोलेसनमा र १३ हजार ९ सय २६ जना क्वरेण्टीनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया