बझाङ पहिरो अपडेट : बेपत्ता दुई बालकको शव भेटियो

 भदौ ३, २०७७ बुधबार ११:१५:२९ | डीबी बिष्ट
unn.prixa.net

बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ५ मा पहिरोले घर बगाउँदा हराएका दुई जना बालकको शव भेटिएको छ ।

गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा हराइरहेका उहाँका १२ वर्षीय छोरा सचिन र दाइको छोरा ५ वर्षीय सुदिप ओखेडाको शव भेटिएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएकी पिपलासहित उहाँको १६ वर्षीय छोरा अनिल र १० वर्षीया छोरी सन्तोषीको खिरापढी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । अर्की छोरी १८ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएकाे प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परेर २ वटा गाई र तीन वटा बाख्रा पनि मरेका छन् । एक हप्ताअघि नै पहिरोको जोखिममा रहेकाले सुरक्षित ठाउँ मिलाइदिन आग्रह गर्दै नगर र वडा कार्यालयमा जानकारी पनि गराएको स्थानीयले बताएका छन् । पिपलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया